जिपले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते 

गुल्मी :  गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर –४, रायढुङ्गामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर – ८ छापटोला बस्ने ४३ वर्षीय देवबहादुर विक घाइते हुनुभएको हो ।

तम्घासबाट धुर्कोटतर्फ जाँदै गरेको लु १३ प ७९५० नम्बरको मोटरसाइकललाई बिपरीत दिशा छल्दिपनाबाट तम्घासतर्फ आउँदै गरेको लु १ च ७३२७ नम्बरको जिपले शुक्रबार बिहान करिब १०ः२० बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Seti Hospital

घाइते हुनुभएका विकलाई जिल्ला अस्पताल तम्घासमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिनुभयो ।

दुवै सवारी साधनको अगाडिको भागमा क्षति भएको छ । दुवै सवारी साधन र  डबलक्याप गाडी चालक इस्मा गाउँपालिका वडा नम्बर – ६, चौरासी बस्ने २२ वर्षीय प्रकाश खत्रीलाई नियन्त्रण लिई घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार