सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णय, तलब १ लाख

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ।

क्यानको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा थिएनन्। उनले उच्च अदालतबाट बलात्कार मुद्दा सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए।

‘ए’ ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन्। यसमा अब सन्दीप पनि अटाएका छन्। ‘ए’ ग्रेड मा परेका खेलाडीलाई क्यानले मासिक १ लाख रुपैयाँ तलब दिँदै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार