अबदेखि काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने

काठमाडौं : अबदेखि काठमाडौं जिल्लाका सबै नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचनामार्फत् यसबारे जानकारी दिएको हो ।

प्रशासन कार्यालयमा सेवाग्राहीहरूको अत्याधिक चापलाई मध्यनजर गर्दै नगरपालिकाको कार्यालयबाट परिचय पत्र बनाउन सकिने गरी सेवा प्रवाह गरिएको प्रशासनले जनाएको छ ।

Dengue

काठमाडौं महानगरपालिकाको हकमा राष्ट्रिय सभागृहबाट बनाउन सकिनेछ ।

अन्य जिल्ला स्थायी ठेगाना भएका सेवाग्राहीहरूले नारायणहिटी दरबार (साविकको राहदानी विभाग)बाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य भइरहेको पनि प्रशासन कार्यालयले जानकारी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार