आकाशे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो

धनगढी : केही दिनदेखि भइरहेको वर्षासँगै बैतडीका किसानलाई रोपाइँको चटारो छ । आकासे पानीमा निर्भर यहाँका किसान वर्षासँगै रोपाइँ गर्ने चटारो भएको हो । 

दोगडाकेदार–३ श्रीकोटका गणेशसिंह विष्टले सिचाइँ सुविधाको अभावमा आकासे पानीको भर पर्ने यहाँका किसान धमाधम रोपाइँ गर्न लागेका बताए । उनले भने, ‘सिँचाइ सुविधा नभएर आकासे पानीको भरमा थियौं, वर्षा भएसँगै रोपाइँको चटारो परेको छ ।’

Dengue

जिल्लामा धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको छ

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले वर्षा भएसँगै धमाधम रोपाइँ भइरहेको बताए । जिल्लामा हालसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भएको पनि उनले जानकारी दिए ।

‘सिँचाइ सुविधा भएका ठाउँमा यसअघि नै रोपाइँ सम्पन्न भइसकेको छ । आकासे पानीको भरमा रहेका किसान हाल रोपाइँमा व्यस्त छन्,’ कार्यालय प्रमुख चौधरीले भने । 

समयमा वर्षा नहुँदा यस वर्ष रोपाइँ गर्न ढिलाइ भएको छ । गत वर्ष असार मध्यसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएकामा यस वर्ष ७० प्रतिशतमात्रै भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको पाटन नगरपालिका क्षेत्रका पाटनसेरा, डिलाशैनीको गोकुलेश्वर, सिगासको ढुङ्गाड, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसँग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसँग जोडिएका क्षेत्र र सुर्नयाको सुर्नया नदीसँग जोडिएका क्षेत्रलाई धान पकेट क्षेत्रका रूपमा लिने गरिएको छ ।

बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमिन घट्दै गएको छ । पछिल्लो कृषि गणनाअनुसार बैतडीमा पाँच हजार दुई सय २५ हेक्टर जमिनमा मात्रै धानखेती हुने गरेको छ । पहिले नौ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार