अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा

काठमाडौं : अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा पुगेको छ । क्वाटरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमीफाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा लियोनेल मेसीले अर्जेन्टिनाका लागि हानेको पहिलो पेनाल्टी मिस गरेका थिए । मेसीले हानेको बल बारमा लागेर बाहिरिएको थियो । तर अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जीत सुनिश्चित भएको हो । इक्वेडरका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए ।

Dengue

यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिना र इक्वेडरले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । कोपा अमेरिकाको क्वाटरफाइनलदेखिका खेलमा ३० मिनेटको अतिरिक्त समय राखिएको छैन ।

खेलको ३५औँ मिनेटमा लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले शुरुवाती अग्रता लिएको थियो भने खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा केभिन रोड्रीगेजले गोल गर्दै इक्वेडरका लागि खेल बराबरी गरेका थिए ।

अब सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्ने छ । यो खेल जुलाई ९ मा हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार