गोदावरीमा सडकको बिचमा खनिएको खाल्डो पुरिएन, आवतजावतमा समस्या

धनगढी : कैलालीमा करिब एक महिना अगाडी जेसिबिले सडकमा खनिएको खाल्डो हालसम्म पुरिएको छैन । जिल्लाको गोदावरी नगरपालिका – ४ बसन्तपुरको ग्राभेल हालिएको एउटा सडकको बिचमा खनिएको खाल्डो हालसम्म पनि नपुरिएको हो ।

स्थानीय गजैराज भट्टले आफ्नो जमिनमा सडक परेको भन्दै जेसिबि ल्याएर यही जेठ २६ गते सडकको बिच भागमा खाल्डो खनेका थिए । नाप जाँचका क्रममा आफ्नो जमिनमा सडक परेकाले आफूले सडक भत्काएको भट्टको भनाई थियो । उनले नापी कार्यालय र नगरपालिकाका अमिनहरू ल्याएर नाप जाँच गरेको समेत बताएका थिए ।

Dengue

पछिल्लो केही दिनयता निरन्तर परिरहेको वर्षाका कारण उक्त खाल्डोमा पानी भरिएको छ । आवतजावत गर्ने बाटोको बिचमै खनिएको खाल्डोका कारण केही अप्रिय घटना घट्छ की भन्ने चिन्तामा स्थानियबासी छन् ।

स्थानीय ललित भट्टले सडकको बिच भागमा खनिएको खाल्डोका कारण झन् समस्या झेल्नुपरेको बताए । उनले वर्षाका कारण खाल्डोमा पानी भरिनुका साथै खाल्डो वरपर पनि हिलाम्मे बनेको बताए । ‘खाल्डोमा पानी छ, त्यसको वरपर हिलोका कारण बाटो चिप्लो बनेको छ’ उनले भने ‘त्यो बाटो भएर विद्यालयमा आवतजावत गर्ने बालबालिकाहरू खतरामा परेका छन्, कुन दिन कुन बालक त्यो खाल्डोमा पर्छ भन्ने चिन्ता हामीलाई छ ।’ उनले वडा कार्यालय तथा नगरपालिकामा त्यसको बारेमा जानकारी गराइसकेको भए पनि हालसम्म खाल्डो पुर्ने तथा बाटो सुचारु गर्ने विषयमा कुनै पहलकदमी नभएको बताए ।

उनका अनुसार उक्त बाटोको विषयमा विगत २/३ वर्षदेखि निरन्तर विवाद हुँदै आइरहेको छ । बाटोको विषयमा पटक पटक वडा कार्यालयमा जानकारी गराउँदा पनि जनप्रतिनिधिहरूले आफै मिलेर आउनसम्म भनेको उनले बताए । ‘करिब ५१ वर्ष देखी चलनचल्तीमा रहेको यो बाटो नक्सामा ४२ फिट छ’ उनले भने ‘तर यही बाटो अहिले गायब छ ।’

उनले कुनै मानवीय क्षति हुनुपुर्व नै सो क्षेत्रमा सडक सुचारु गरिनुपर्ने बताए । अन्यथा त्यो मानवीय क्षतिको जिम्मेवारी स्थानीय जनप्रतिनिधिहरूले लिनुपर्ने उनको भनाई छ । उक्त बाटोको विवाद समाधानका लागि स्थानीयहरूले वडा तथा नगरपालिकामा पत्र समेत पठाएका छन् । तर बाटोको विवाद समाधान हुनुको सट्टा स्थानीयहरू नै सडकबाट वञ्चित हुने अवस्था आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार