काँधमा फुली थप्ने रहर पूरा नभई बिदा भए डिआईजी पोखरेल

काठमाडौं : नेपाल प्रहरीमा बरियताको दोस्रो उच्चतम पद अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) का लागि सिफारिस भएका प्रहरी नायब महानिरीक्षक (डिआईजी) पोषराज पोखरेल अन्ततः डिआईजीबाटै अवकाश पाएका छन् ।

एआईजीमा बढुवाका लागि सिफारिस भएका उनी मन्त्रिपरिषद् बैठकले बढुवा नगरेपछि डीआईजीबाटै अवकाश पाएका हुन् ।

Dengue

डीआईजीको ५६ वर्षे उमेर हदका कारण उनले अवकाश पाएका हुन् । गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई असार १० मा एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । यदि उनलाई बढुवा गरेको भए २ दिनका लागि मात्रै एआईजीमा काम गर्ने थिए । तर, उनको काँधमा फुली थप्ने चाहनालाई मन्त्रीपरिषद्ले पूरा भने गरिदिएन ।

पछिल्लो समय सत्ता समीकरणमा आएको परिवर्तनसँगै उनको एआईजी हुने सपना पूरा नभएको कतिपय जानकारहरु बताउँछन् ।

ट्राफिक प्रहरी कार्यालयले बिहीबार उनलाई बिदाइ गरेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार