फरार सरदारलाई समात्न बाँके प्रहरीले चलायो गोली

बाँके : बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खन पुरुवामा ११ वर्षदेखि फरार चोरी मुद्दाका प्रतिवादीलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको छ ।

प्रहरीले शिखनपरुवामा गोली चलाएर फरार सरमानसिंह सरदारलाई पक्राउ गरेको हो । जिल्ला अदालतले सरदारलाई २०७० असार १८ गते जिल्ला अदालतले ६ वर्ष सजाय र १२ हजार जरिवाना तोकेको थियो ।

Dengue

सरदारलाई पक्राउ गरेर ल्याउने क्रममा गाडीमा स्थानीयले ढुंगामुढा गरेर भगाउन खोजेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सरदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोली बिहान साढे ८ बजे पुगेको थियो ।

तर, स्थानीयले प्रहरीले पक्राउ गरिसकेपछि पनि सरदारलाई खोसेर फिर्ता ल्याएका थिए । त्यसपछि आधा घण्टा लगाएर ९ बजे उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

गोली लागेर चोरी मुद्दाका फरार प्रतिवादी सरदार र अर्का प्रहरीको हतियार खोस्ने स्थानीय ३० वर्षीय नानक सिंह सेख घाईते भएका छन् ।

स्थानीयको इँट्टा प्रहारबाट वरिष्ठ प्रहरी हवलल्दार मदन डाँगी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार