सशस्त्र प्रहरीले माग्यो ४८ जना इन्स्पेक्टर

काठमाडौँ : सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा अधिकृत स्तर (सशस्त्र प्रहरी निरीक्षक) का पदहरूमा ४८ जना कर्मचारी माग गरेको छ ।

आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सञ्चार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।

Dengue

योग्यता पुगेका व्यक्तिले आगामी साउन २० सम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर साउन २९ सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार