असार २२ गते धनगढीको सिपी अस्पतालले  रक्तदान कार्यक्रम गर्ने

धनगढी : धनगढीको सिपी अस्पतालले रक्तदान कार्यक्रम गर्ने भएको छ । असार २२ गते शनिवार चटकपुर स्थित अस्पताल प्रांगणमा विहान ७ः३० बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

पछिल्लो समय धनगढीमा रगतको अभाव देखिएकाले अस्पतालको पहलमा रक्तदान कार्यक्रम गरि केही राहत पुगोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको अस्पताल प्रशासन प्रमुख हेम जोशीले बताए ।

Dengue

विभिन्न संघ, संस्थाहरु सँगको सहकार्यमा आयोजना गरिने रक्तदान कार्यक्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, लगायत अन्य इच्छुक व्यक्तिहरुले रक्तदान गर्ने अपेक्षा गरिएको छ । साथै अस्पतालले उक्त कार्यक्रममा उपस्थित भई रक्तदान जस्तो पवित्र दान गर्न सम्पुर्णमा अनुरोध गरेको छ ।

सिपी अस्पतालले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ । अस्पतालले सुदूरपश्चिम प्रदेशका विभिन्न दुर्गम ठाउँमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम ,गरिब, दुखिलाई सहयोग गरि सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार