धनगढीमा तेक्वान्दो खेलाडी पुरस्कृत

धनगढी : धनगढीमा तेक्वान्दो खेलाडी पुरस्कृत भएका छन्। बिभिन्न प्रतियोगितामा सहभागी भइ मेडल जितेका तेक्वान्दो खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो।

धनगढीस्थित चैतन्य पाठशाला तेक्वान्दो डोजाङको दोस्रो वार्षिकोत्सवको अवसरमा खेलाडिलाई पुरस्कार प्रदान गरिएको हो। 

पुरस्कृत हुनेमा आयुष्मान सिंह, पुष्प बम, सम्राट खड्का, आदेश खड्का, विपिन बोहरा, अङ्कुश विष्ट रहेका छन्।

यसैगरी, किशोर खड्का, सागर थापा, गौतम भट्ट, विराज बोहरा, विवेक विष्ट, केडी शाही र वर्षा कुँवर पनि पुरस्कृत भएका छन्। 

त्यस्तै, अनुशासित खेलाडीको सम्मान पवननाथ योगी र समर्पित खेलाडीको सम्मान नेत्र कार्कीले प्राप्त गरे।

चैतन्य पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले पढाइको अतिरिक्त व्यक्तित्व र क्षमता विकास आवश्यक रहेको भन्दै खेलले आत्मविश्वास बढाउने गरेको बताए। “आत्मविश्वास बढेमा आदर्श नागरिक बन्न प्रेरणा मिल्ने छ” उनले भने। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार