सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो !

धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँग प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरू पनि पदबाट राजीनामा बुझाएका छन् ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने– ‘मुख्यमन्त्रीज्यू यहाँ नभएपछि उहाँसँग टेलिफोन संवाद भयो । साथै समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छौँ । हाम्रा मन्त्रीहरूले पनि सरकारबाट राजीनामा दिनुभयो ।’

Dengue

मुख्यमन्त्री दीर्घ सोडारी अहिले काठमाडौँ छन् । उनको अनुपस्थितिमा मुख्यमन्त्री कार्यालयमा पत्र दर्ता गराएको पूर्व मुख्यमन्त्री समेत रहेका नेता रावलले बताए ।

एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसैबिच नेता रावलले मुख्यमन्त्री सोडारीले नैतिक रूपमा पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग खुला गर्नुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार