कैलालीमा ९ महिनादेखि तलब नपाएपछि स्वास्थ्यकर्मी धर्नामा

धनगढी : कैलालीको जानकी गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा बसेका छन् । गाउँपालिका भित्र कार्यरत ४७ जना स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब नपाएपछि धर्नामा बसेका हुन । आर्थिक वर्ष सकिनै लाग्दा पनि तलब पाउने सुनिश्चितता नभएपछि पालिका भित्र कार्यरत कर्मचारीले बिहीबार देखि हातमा कालो पट्टी बाँधेर धर्नामा बसेका छन् ।

गाउँपालिकाका स्वास्थ्य संयोजक जित बहादुर चौधरीले पटक–पटक आग्रह गर्दा पनि मन्त्रालयबाट तलब नआएपछि बाध्य भएर आफूहरू धर्नामा बसेको बताए । उनका अनुसार हाल जानकी गाउँपालिकामा २८ जनाको दरबन्दीमा ४७ जना कार्यरत रहेका छन् । दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी पालिका सँगको दोहोरो सम्झौतामा कार्यरत रहेका छन् ।

Dengue

चालु आर्थिक वर्षमा संघ सरकारबाट २८ जना स्वास्थ्यकर्मीको लागि पनि नपुग्ने गरी बजेट आएकोमा सो रकम सबै ४७ जनालाई वितरण गर्दा ३ महिनामै सकिएको थियो । त्यसपछि तलबका लागि थप रकम नआउँदा गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मीले ९ महिना देखि तलब पाउन सकेका छैनन् ।

स्वास्थ्य संयोजक चौधरीले तलब नआउँदा सम्म धर्नाको कार्यक्रम जारी रहने बताए । उनले माग पुरा नभएर थप आन्दोलन चर्काउने बताए ।

यद्यपि स्वास्थ्य मन्त्रालयले आर्थिक वर्षको सुरुमै पालिकाहरूमा स्वीकृत दरबन्दी भन्दा बढी रहेका स्वास्थ्यकर्मीलाई तबल दिन नसकिने पत्र पठाएको थियो । स्वास्थ्य मन्त्रालयले यस्ता पालिकाहरूलाई समायोजन/समायोजन मिलान/कामकाज गर्ने भनी आएका कर्मचारीहरूलाई नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता दिन नसकिने र आफैले आवश्यकता हेरी व्यवस्था गर्न भनेको थियो । हाल पालिकाले पनि तलब नदिने र संंघ सरकारबाट पनि बजेट नआउँदा सबै स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी तलब विहीन बन्न पुगेका छन् ।

गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले भने हाल पालिकाबाट स्वास्थ्यकर्मीलाई तलब दिन सक्ने अवस्था नरहेको बताए । उनले पालिकामा आफ्नो कार्यकाल भन्दा पहिले नै स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत रहेकाले व्यवस्थापनमा समस्या भएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार