बैतडीका गोविन्द काठमाडौँमा झुन्डीए !

धनगढी : बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेही घर भएका २२ वर्षीय गोविन्द बोहरा काठमाडौँमा मृत फेला परेका छन् । यही असार १५ गते साथीसँग पशुपति क्षेत्रमा घुम्न गएका बोहरा मृत फेला परेका हुन् ।

प्रहरीले नदीमा शव फेला पारी अस्पतालमा राखेको छ । स्थानीय निराजन बोहराले शव चिन्न सक्ने अवस्थामा नरहेको भएपनि गोविन्दले लगाएका लुगा र जुत्ताको आधारमा शवको पहिचान भएको बताए ।

Dengue

बोहरा मृत फेला परेपछि उनको हत्या भएको परिवारजनले आशंका गरेका छन् । मृतक बोहरा पछिल्लो ७ महिनायता काठमाडौँमा बसेर कोरियन भाषा सिक्दै आएका थिए । काठमाडौँ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार