बिहे गरेर कर्मघरमा भित्रिनासाथ उजाडियो बेहुलीको सिउँदो

काठमाडौँ : बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलीको सिउँदो उजाडिएको छ । बेहुली भित्र्याएको केही घण्टामै बेहुलाले आत्महत्या गरेका हुन् ।

घटना भारतको उत्तर प्रदेश राज्यको इटावा जिल्लाको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उसरहार गाउँमा अवकाश प्राप्त सैनिक ज्ञान सिंहका छोरा सत्येन्द्रको बिहे थियो । मंगलबार जन्तीसहित बेहुलीको घरमा पुगेका सत्येन्द्र बुधबार बेहुली लिएर दिउँसो करिब दुई बजे घर फर्किए ।

Dengue

बेहुली भित्र्याउने प्रक्रिया चलिरहेको थियो । बेलुकाका लागि डीजेसहित मनोरञ्जनका कार्यक्रम आयोजना गरिएको थियो, जसका लागि बेहुला आफैँले रकमसमेत भुक्तानी गरिसकेका थिए ।

तर यसबिचमै घरको दोस्रो तलामा बेहुला सत्येन्द्र आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परे । तत्कालै उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे ।

प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सत्येन्द्रले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार