कैलालीको भजनी डुबानमा

 धनगढी : कैलालीको भजनी क्षेत्र डुबानमा परेको छ । कान्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिका क्षेत्र डुबानमा परेको हो ।

नगरप्रमुख केवल चौधरीले भजनीका सबै वडा बाढीले जलमग्न हुँदा तीन हजार बढी घर डुबानमा परेका बताए । ‘घरमा पानी पसेपछि कोही आफन्तको घर, कोही सडकमा निस्केका छन्, डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने, पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन’, उनले भने ।

SHIKHAR COOL TECH

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार