बझाङको जयपृथ्वीका १० घर पहिरोको उच्च जोखिममा

 धनगढी : बझाङको जयपृथ्वी नगरपालिकामा रहेका १० घर पहिरोको उच्च जोखिममा छन् । वडा नम्बर ११ भिमल ल्वारबाडाका स्थानीय पहिरोको उच्च जोखिममा रहेका हुन् ।

आफूहरुको घर माथिबाट चैनपुर मयाना धामिलेक पिठालेक सडक कटान गर्दा पहिरोको जोखिम धेरै रहेकोले स्थानीयहरुले सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । सडक कटान गरेर माटो जथाभावी फाल्दा बर्खामा १० घरपरिवार पहिरोको उच्च जोखिममा परेका स्थानीय भक्तराज जोशिले बताए ।

Dengue

यता ठेकेदार कम्पनी र सहरी विकास बोर्डले भने मापदण्ड अनुसार सडक कटान भएको र बस्ति भएको ठाँउमा सडकको माटो जथाभावी नफालेको दाबी गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार