७३ जिल्लामा फैलियो डेंगी, जुनमा थपिए हालसम्मकै धेरै संक्रमित

काठमाडौं : सन् २०२४ मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । जनवरीयता जुलाई ३ सम्म देशभर एक हजार ४३२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जुनमा सबैभन्दा धेरै ३१७ संक्रमित थपिएका छन् । त्यसअघिका महिनामा संक्रमितको संख्या तीन सयभन्दा कम थियो । जुलाईका तीन दिनमा मात्रै २३ संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।  

Dengue

जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४८२ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १५९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

यस्तै, झापामा १२० जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ८३, मकवानपुरमा ६५ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार