सुनको मुल्य बढ्यो, तोलामा १६०० ले कारोबार हुँदै !

काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० मा कारोबार भएको थियो ।

Dengue

तेजाबी सुनको मूल्य तोलाको एक लाख ४३ हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८६५ रुपैयाँ निर्धारण गरिएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८२५ मा कारोबार भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार