एमालेका मन्त्रीहरुलाई बालुवाटारमा प्रचण्डले सुनाएर गीत – माया गर्नु एउटा भुल गरेँ

काठमाडौं : राजीनामा दिन गएका नेकपा एमालेका मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गीत सुनाएर पठाएका छन् ।
बुधबार बेलुकी साढे ८ बजे एमालेका ८ मन्त्री सामुहिक राजीनामा बुझाउन बालुवाटार पुगेका थिए । तर उपप्रधानमन्त्री रघुवीर महासेठसहित मन्त्रीहरुको राजीनामा पत्र बुझ्दै प्रचण्डले उनीहरुलाई फत्तेमान राजभण्डारीको गीत सुनाएका हुन् ।
उनीहरुलाई एउटा कुरा सुनाउँछु भन्दै उनले फत्तेमानको गीत गाए ।
यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले’ । एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार