धनगढीको शिवनगरमा रहेको मुख्यमन्त्री सोडारीको घर डुब्यो !

धनगढीः  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको घर डुबानमा परेको छ। धनगढी उपमहानगरपालिका–१ शिवनगरमा रहेको सोडारीको घर क्षेत्रमा सुकुटी नालामा आएको बाढीले डुबान भएको हो। 

कैलाली बहुमुखी क्याम्पसको पश्चिम हुँदै बग्ने सुकुटी नाला भरिएकाले मुख्यमन्त्री सोडारीको घरसम्म पानी पुगेको छ। अहिले मुख्यमन्त्री सोडारीको घरसहित शिवनगर क्षेत्रको बस्ती डुबानमा परेको छ। शिवनगर क्षेत्रमा सुकुटी नालाको पानी पसेको हो। धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले शिवनगर क्षेत्रका ४० घर डुबानमा परेको बताए। शिवनगरको खानेपानीको ट्याङ्की भएको क्षेत्र, न्यूरोड क्षेत्रमा डुबान भएको हो। सुकुटी नालाको पानी बस्तीमा आएकाले घरहरू डुबानमा परेका हुन्। सुकुटी नालाका कारण बसन्तटोलमा पनि ३५ भन्दा बढी घरमा पानी पसेको छ। नालाको पानीले स्थानीयका खाद्यसामाग्री, लुगाकपडा भिजाएको छ। 

Dengue

धनगढीका खोला तथा नाला किनारको जग्गा विगतमा धनगढी नगर विकासले बिक्री गरेका कारण बहाउ क्षेत्र साँघुरो हुँदा बर्सातको पानी बस्तीमा पस्दै आएको छ। शिवनगर हुँदै बग्ने सुकुटी नाला, धनगढीको मुख्य बजार हुँदै बग्ने कैलाली नाला लगायतका नाला किनारको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ। नगर विकासले विगतमा गरेको गल्तिका कारण पानी पर्नासाथ धनगढीको बजार क्षेत्रमा डुबान हुने गरेको छ। बर्सातको पानी नाला तथा खोलामा बग्न नपाएपछि स्थानीयको घरहरुमा पस्ने गरेको छ। धनगढी नगर विकास समितिले वडा नम्बर १ देखि ५ सम्म ९ सय ३३ बिघा जग्गा बिक्री गरेको छ। जसमा, अधिकांश जग्गा खाेला किनाराकाे छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार