ग्रेड वृद्धि परीक्षाको तयारी कक्षा चलाउन उपमहानगरले अनुदान दिने

धनगढी : धनगढी उपमहानगरपालिकाले एसइईको ग्रेड वृद्धि परीक्षाको तयारी गर्न अनुदान दिने भएको छ। उपमहानगरपालिकाले मङ्गलवार गणित र विज्ञान विषयको कक्षा चलाउन विद्यालयहरूलाई अनुदान दिने निर्णय गरेको हो।

साउन २३ गतेदेखि ग्रेड वृद्धि परीक्षा हुने भएकाले साउन २२ गतेसम्म कक्षा चलाउन धनगढीका २६ सामुदायिक विद्यालयलाई अनुदान दिने निर्णय भएको प्रमुख प्रशासकीय प्रमुख नरेन्द्रनहादुर खातीले बताए।

SHIKHAR COOL TECH

उनले गणित र विज्ञान विषयमा एनजी ग्रेड आएका विद्यार्थीहरूका लागि कक्षा चलाउन विद्यालयहरूलाई विद्यार्थी संख्या र पिरियडको आधारमा अनुदान उपलब्ध गराउने बताएका छन्।

ग्रेड वृद्धि दिने विद्यार्थीलाई परीक्षामा ग्रेड बढाउन सहज होस् भनेर हरेक विद्यालयले शिक्षकलाई प्रोत्साहन स्वरुप भत्ता दिन मिल्ने हिसाबले अनुदान निकासा गरिने खातीले बताएका छन्। गणित र विज्ञान विषय पढ्न चाहने विद्यार्थीको संख्या शिक्षा महाशाखामा पठाउन विद्यालयलाई सजिलो होस् भनेर उपमहानगरपालिकाले क्युआर कोड समेत सार्वजनिक गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार