बाढीले पुल बगाउँदा कैलालीका विद्यार्थी समस्यामा

धनगढीः कैलालीमा बाढीले पुल बगाएको छ। मङ्गलवार परेको अविरल वर्षाका कारण जिल्लाको घोडाघाडी नगरपालिका–८ तारानगरमा काठको पुल बगाएको हो।

नगरपालिकाको बौराहा खोला र कौवा खोलामा आएको बाढीले काठेपुल बगाएको छ। काठे पुल बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन्। वडाध्यक्ष वीरबहादुर साउँदका अनुसार विद्यालय हिँडेका विद्यार्थी पुल भाँचिएपछि विद्यालय घुमाउरो बाटोबाट साँडेपानी र बेलकोट हुदै गएका छन्। तारानगर, तिलकेनी, जरै, बछुरियाका स्थानाथीलाई समस्या भएको हो।

SHIKHAR COOL TECH

नदीको पारीपट्टि राष्ट्रिय माध्यमिक विद्यालय तारानगर रहेको छ। पुल तरेर विद्यालय जाने विद्यार्थी बाढीले पुल भाँजेपछि त्रैमासिक परीक्षा चलिरहेको विद्यालयमा बुधवारको परीक्षा दिन घुमाउरो बाटो प्रयोग गरेर जान बाध्य भएका हुन्। वडा नम्बर ५ र ७ जोड्ने चोङ्गालीपुर र राजीपुर बिचको काठे पुल बगेको छ। दरख माध्यमिक विद्यालय हरी नगर पढ्ने विद्यार्थी समस्यामा परेका छन्। परीक्षा चलेका कारण पाँच किलोमिटर घुमेर विद्यालय जानु परेको छ।

बाढीले दुवै काठेपुल क्षतिका साथै बगाएको खोलामा पक्किपुल निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ। पक्किपुल निर्माण कार्य ढिलासुस्तीका कारण स्थानीले सास्ती खेप्नु परेको जनाइएको छ।

गए राती आएको वर्षाका कारण कान्द्रा नदीमा पानीको सतह सतर्कता तह पार गरेको जल मापन केन्द्रले देखाएको छ। कान्द्रा नदीको बाढी पसेपछि वडा नम्बर ५ को फारम सरैया गाउँका स्थानीयलाई सुरक्षित रहन सचेत गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार