कैलालीबाट लागूऔषध सहित दुई जना पक्राउ

धनगढी : कैलालीबाट लागूऔषध सहित प्रहरीले दिपा बिष्ट (साउँद) र पवन गुप्तालाई पक्राउ गरेको छ । प्रहरीले दिपालाई चिसापानी र पवनलाई धनगढीबाट पक्राउ गरेको हो ।

मंगलबार साँझ इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका – ३ चिसापनीबाट स्थानीय ३१ वर्षीय दिपालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनको साथबाट ९०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीको भनाइ छ ।

Dengue

यस्तै मंगलबार नै वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – १ अस्पताल लाईनबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ २४ वर्षीय पवनलाई पक्राउ गरेको हो । उनको साथबाट ६६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार