सुदूरपश्चिममा विपदका घटनामा ४० जनाको मृत्यु, १० करोड बढीको क्षती

धनगढी : सुदूरपश्चिममा विपदका घटनामा परेर ४० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको असार १८ गते सम्म बिभिन्न विपदका घटनामा परेका ४० जनाको मृत्यु भएको हो । विपदका घटनामा परेर सबैभन्दा बढी आगलागीबाट ११ जनाको मृत्यु भएको छ ।

त्यस्तै सर्पदंश र चट्याङका कारण ७/७ जना, हावाहुरी र बाढीका कारण ४/४ जना, जंगली जनावरका कारण ३ जना, पहिरोका कारण २ र भुकम्प, लेक लागेर १/१ जनाको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय विपद व्यवस्थापन शाखा, प्रदेश आपतकालीका कार्य संचालन केन्द्र धनगढीका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताए । उनका अनुसार सो अवधिमा ५७८ वटा विपदका घटना भएका छन ।

Dengue

ति घटनामा परेर १८९ जना घाइते भएका छन । जसमा सबैभन्दा बढी सर्पदंशका कारण ५६ घाइते जना भएका छन । त्यस्तै बाढीका कारण ४७ जना, आगलागी र भुकम्पका कारण २९/२९ जना, चट्याङका कारण ८ जना, पहिरोका कारण ६, हावाहुरी र लेक लागेर ४/४ जना, जंगलमा आगलागीका कारण ३, जनावरको आक्रमणका कारण १ र अन्य कारणले २ जना घाइते भएका छन ।

प्रदेशमा भएका विपदका घटनाबाट ४ हजार २५५ परिवार प्रभावित भएका छन भने ८१२ घरमा आंशिक र १२९ घरमा पूर्ण क्षति भएको प्रदेश आपतकालीका कार्य संचालन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विपदका घटनामा परेर ९५ गोठमा पनि क्षति पुगेको छ भने ४०५ पशु चौपायाको मृत्यु भएको छ । सर्पदंशका कारण ११७, आगलागीका कारण १०५, पहिरोका कारण ८२, बाढीका कारण ७७, जंगलको आगलागीका कारण ६, भारी वर्षाका कारण ५ र हावाहुरीका कारण ४ पशुको मृत्यु भएको छ ।

विपदका घटनामा परी १० करोड ७४ लाख ५७ हजार ७ सयको क्षती भएको छ । केन्द्रका सूचना अधिकारी बिष्टका अनुसार सबैभन्दा बढी आगलागीबाट मात्रै १० करोड १० लाख ४२ हजार ७ सयको क्षती भएको छ । त्यस्तै जनावर आतङ्कका कारण २० लाख, भारी वर्षाका कारण ९ लाख ६० हजार, हावाहुरीका कारण ७ लाख ५० हजार, बाढीका कारण २ लाख ५० हजार, जंगल आगलागीका कारण २ लाख ३६ हजार, सर्पदंशका कारण ९५ हजारको क्षती भएको प्रदेश आपतकालीका कार्य संचालन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिममा अहिले मनसुन सुरु भएकाले विपद्को जोखिम बढेको छ । यहाँ मनसुनमा तराइमा बाढी र पहाडमा पहिरोको जोखिम हुने गरेको छ । तर, जोखिम बढेपनि प्रदेश सरकारले अझै विपद् प्रतिकार्य कार्ययोजना बनाउन सकेको छैन । यस वर्ष बढी वर्षा हुने भनिए पनि सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाउन नसकेको हो ।

जसका कारण यस वर्ष विपद्बाट झन बढी जनधनको क्षति हुने चिन्ता व्यक्त गरिएको छ । विपद् प्रतिकार्य कार्ययोजनामा प्रदेश सरकारले जल तथा मौसम विज्ञान विभागको वर्षा आकलन रिपोर्टको आधारमा प्रदेशमा कति घरघुरी बाढी र पहिरोले प्रभावित हुने र कुन–कुन क्षेत्रमा कस्तो प्रभाव पर्छ ? भन्ने आकलन गरिन्छ । प्रदेशमा प्रतिकार्य तथा पूर्वतयारीका स्रोत साधनको अवस्था के छ ? सामग्री के–के चाहिने र कति चाहिने भन्ने विषयको तयारी गरिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार