गायक हिमाल सागरको गीत नयाँ भर्सनमा

काठमाडौं : गायक हिमाल सागरको स्वर र संगीतमा २०६० सालमा तयार पारिएको रिलेसन एल्बममा समावेश गीत न मैले लेखें, न उनले लेखिनमाथि नयाँ भर्सन बनाइएको म्युजिकल फिल्म राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

हिमाल सागरले नै तयार गरेको उक्त गीतको अडियो र म्युजिकल फिल्म आधुनिक स्वरूपमा सार्वजनिक गरिएको हो। सार्वजनिक म्युजिकल फिल्ममा मानस केसीको शब्द रचना र योगेशकाजी शाहको एरेन्जमेन्ट रहेको छ। यही गीतमार्फत स्थापित हुन सफल हिमालले तात्कालीन समयमा एक लाख ५० हजारभन्दा बढी अडियो क्यासेट बिक्री भएको दाबी गरे।

गीतको भिडियोमा गायक हिमालका साथमा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन्। भिडियोमा निकेश खड्काको निर्देशन, धीरजंग शाहको छायांकन र विकास धमलाको सम्पादन रहेको छ। पहिलो भिडियोभन्दा फरक र सरल प्रस्तुतिमा नयाँ गीत तयार गरिएको निर्देशक खड्काले बताए।गीतको भिडियो नेपाल रिदम रेकर्ड्स (एनआरआर) बाट सार्वजनिक गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार