गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आजदेखि

बागलुङ : गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आज (बुधबार) देखि सुरु हुने भएको छ। प्रदेश खेलकुदपरिषद् गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति बागलुङको व्यवस्थापनमा बागलुङमा प्रदेशस्तरीय महिला÷पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो।

जिल्ला खेलकुद विकास समिति बागलुङले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाले सहभागिता जनाउने बताए। उनले कास्कीबाट ४ पुरुष र २ महिला तथा बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, स्याङ्जा, मनाङ, लमजुङ, तनहुँ,  गोरखा र नवलपुरबाट समान ३ पुरुष र २ महिला खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउने बताए।

Dengue

प्रतियोगिताबाट आगामी मंसिर महिनामा कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट सहभागिता जनाउने ७ पुरुष र ५ महिला खेलाडी छनोट गरिनेछ। ब्याटमिन्टनमा ५ इभेन्टको प्रतिस्पर्धा हुने भए पनि प्रतियोगितामा महिला र पुरुष सिंगल इभेन्टका मात्र खेल हुने बागलुङ ब्याडमिन्टन संघका अध्यक्ष राजिन खड्काले बताए।

प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र १२ कांस्य पदकको लागि प्रतिस्पर्धा हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार