पहिरोका कारण कालीगण्डकी करिडोर र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाण्डौ : पहिरोका कारण कालीगण्डकी करिडोर र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । बागलुङको जैमिनी नगरपालिका–१ ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर बन्द भएको हो ।

बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने गाडी चल्न नसकेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । बन्द सडक खुलाउन प्रयास भैरहेको उहाँको भनाइ छ ।

Dengue

यस्तै बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति विभिन्न ठाउँमा खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मुख्यगरी जालेबगर र तमैलमा पहिरो खसेपछि सडक अवरुद्ध छ । राजमार्ग बन्द हुँदा बझाङ भित्रिने र त्यहाँबाट छुट्ने गाडी चल्न सकेका छैनन् । छिट्टै सडक खुलाउनेगरी तयारी अवस्थामा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार