अत्तरिया क्षेत्रमा गयराती ९५ मिलिलिटर वर्षा, किसानलाई रोपाई गर्न सहज

धनगढी : कैलालीको अत्तरिया आसपासका क्षेत्रमा गयराती भारी वर्षा भएको छ । लामो समयको खडेरीपछि सोमबार राती यस वर्षकै धेरै वर्षा भएको हो । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार राती ९५.५ मिलिलिटर वर्षा भएको छ ।

जुन यस वर्षकै धेरै भएको कार्यालयका मौसम विज्ञान सहायक सिंघम चौधरीले बताए । यसअघि असार ८ गते २६.५ मिलिलिटर वर्षा भएको थियो । त्यसपछि मनसुन भित्रिएको बताइए पनि वर्षा हुन सकेको थिए । जसका कारण असारमा धान रोप्न आकाशे पानीको प्रतीक्षामा रहेका किसान समस्यामा परेका थिए ।

Dengue

सोमबार राती पानी परेपछि आज धेरै किसानले रोपाइ गर्न पाएका छन् । पानी परेपछि रोपाइ गर्न सहज भएको गोदावरी नगरपालिका – १ का किसान गोपाल नाथले बताए । पानी नपरेका कारण धानको बेर्ना तयार भएर पनि रोपाई गर्न नसकिरहेका उनले रातीको पानीले किसानलाई राहत मिलेको बताए ।

गयरातीको वर्षाले कैलालीका नदीहरूमा पानीको बहाव समेत बढेको छ । लामो समय देखि जमिन सुख्खा भएकाले धेरै वर्षा हुँदा पनि बाढी नआएको मौसम विज्ञान सहायक चौधरीले बताए । अत्तरिया क्षेत्रमा मंगलबार बिहान पनि छिटपुट वर्षा भएको थियो । दिउँसो पानी नपरे पनि आकाश भने बादलले ढाकिएको छ ।

जल तथा मौसम विज्ञान विभागले मनसुन सुरु भएकाले नदीहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार