सन्दीप लामिछानेलाई भरतपुर महानगरको सम्मान

काठमाडौँ : भरतपुर महानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई सम्मान गरेको छ ।

महानगरले आज विशेष कार्यक्रम आयोजना गरी एक लाख रुपियाँ नगदसहित सम्मान गरेको हो । भरतपुर महानगरवासी भएको र विश्वकप क्रिकेट खेलेको भन्दै महानगरले सम्मान गरेको जनाएको छ ।

Dengue

महानगरभित्र बसोबास गर्ने खेलाडीहरुलाई यसअघि पनि प्रोत्साहन गर्न सम्मान गर्ने गरिएकोमा चितवन आएको अवसरमा विशेष कार्यक्रम गरी सम्मान गरिएको महानगरका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

लामिछानेले भरतपुर महानगर भित्र घर बनाउन लागेका जनाइएको छ ।

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्किएका लामिछानेले राम्रो क्रिकेट खेलेर देशको इज्जत बढाएकाले महानगर प्रमुख रेनु दाहाल उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रूपमा सम्मान गरेको जनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार