सलमानलाई मार्न २५ लाखमा सम्झौता भएको खुलासा

काठमाडौं : बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको नवी मुम्बई प्रहरीले नयाँ खुलासा गरेको छ ।

प्रहरीका अनुसार लरेन्स समूहले सलमानलाई मार्न २५ लाखमा सम्झौता गरेको खुलेको छ ।

Dengue

यस घटनामा पक्राउ परका लरेन्स गिरोहका ५ जना अभियुक्तविरूद्ध प्रहरीले अहिले मुद्दा दायर गरेको छ ।

यी अभियुक्तहरू सलमानमाथि आक्रमण गर्न पाकिस्तानबाट एके–४७ राइफल, एके–९२ राइफल र एम–१६ राइफल किन्ने तयारीमा थिए ।

यस बाहेक उनीहरूले जिगाना पेस्तोल पनि लिन खोजेका थिए, जसबाट पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या भएको थियो ।

साथै, सलमानलाई नाबालिगको हातबाट आक्रमण गराउने तयारीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ । त्यसका लागि नाबालिगसहित ६० देखि ७० सम्मको समूह आउने तयारी थियो ।

आक्रमणपछि उनीहरूको योजना कन्याकुमारीबाट डुङ्गा चढेर श्रीलंका जाने योजना रहेको खुलेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार