महिनावारी नियमित बनाउन यी खानेकुरा उपयोगी

एजेन्सी : हर्मोनको गडबडीका कारण महिलाहरुमा महिनावारी अनियमित हुने गर्छ ।  इन्डोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हार्मोनको सन्तुलन बिग्रिए महिनावारी गडबड हुन्छ ।

कहिलेकाहीँ खानपान तथा बसाइ सराइका कारण पनि महिनावारी गडबड हुन्छ । पोषण तथा सन्तुलित खानाको अभावमा महिलाहरू कमजोर हुन्छन् साथै धेरै मोटाउँदा तथा दुब्लाउँदा पनि शरीरमा महिनावारी गराउने तत्व घटबढ भै महिनावारी अनियमित हुन्छ ।

Dengue

यसैगरी तनावका कारण पनि महिनावारीमा उतारचढाव आउँछ । बढी तनाव हुँदा पनि महिनावारीमा उतारचढाव आउँछ । पाठेघरको विभिन्न समस्याका कारण पनि महिनावारी गडबड हुन सक्छ । महिनावारी शुरु भएको ४–५ वर्षसम्म यस्तो समस्या पर्न सक्छ । 


बेसार
बेसारलाई धेरै गुणकारी मानिन्छ । चिसो मौसम होस् वा गर्मी मौसम, चोट लागेको होस् वा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन नै किन नहोस् बेसारको उपयोगिता सबैभन्दा अगाडी हुने गर्छ । धेरै नै गुणकारी भएको बेसारले पनि अनियमित महिनावारीलाई नियमित गर्न सघाउने गर्छ ।

यसका लागि तातो दूधमा एक चिम्टी बेसार र एक चम्चा मह हालेर सुत्नु भन्दा अगाडी पिउने हो भने अनियमित महिनावारीको समस्या हटेर जान्छ । यसको सेवनले महिनावारी हुँदा हुने दुखाइलाई समेत कम गर्छ ।

घ्युकुमारी
घ्युकुमारी ९एलोवेरा०को सेवनले हाम्रो शरीरमा हुने हार्मोनको गडबडीलाई नियन्त्रण गरेर यसलाई सामान्य अवस्थामा राख्ने काम गर्छ ।

यदि हार्मोनको समस्याको कारण महिनावारीमा गडबडी भएको छ भने घ्युकुमारीको सेवनले महिनावारीको चक्र प्रक्रियालाई नियमित बनाउन सकिन्छ । यसको लागि बोक्रा निकालिएको एक चम्चा ताजा घ्युकुमारीलाई एक चम्चा महमा मिसाएर बिहानको नास्तासँग सेवन गर्दा बढी प्रभावकारी हुने गर्छ । एक महिनाको नियमित सेवनले नै यसको प्रभाव देखिन थाल्छ ।

अदुवा
अदुवा हाम्रो शरीरका धेरै समस्याहरूमा फाइदा गर्ने खानेकुरा मानिन्छ । चिसोको उपचार देखि खाना पचाउन सम्मलाई अदुवाको प्रयोग हुन्छ ।

अदुवामा भिटामिन सी र म्याग्नेसियम रहेको कारण यसको सेवनले महिलाको पाठेघर र मूत्र थैलीलाई खुम्चिनमा मद्दत गर्छ । जसको कारण महिनावारी नियमित हुन यसले सघाउँछ । यदि महिनावारी नियमित छैन भने अदुवालाई नियमित रूपमा आफ्नो खानपानमा समावेश गर्नु राम्रो हुन्छ ।

दालचिनी
खानेकुराको स्वाद बढाउन प्रयोग हुने दालचिनीको सेवनले पनि अनियमित महिनावारीलाई सामान्य बनाउन मद्दत गर्छ । दालचिनीको सेवनले शरीरलाई भित्री रूपमा न्यानो राख्छ । यसको सेवनले रक्त सञ्चारलाई बढाउने हुँदा यसको सेवन गरेमा पनि महिनावारी नियमित रूपमा हुने गर्छ ।

मेवा
काँचो मेवालाई नियमित रूपमा खाने हो भने पनि यसले महिनावारीको अनियमितलाई सामान्य बनाउन मद्दत गर्छ । काँचो मेवाको सेवनले महिलाको पाठेघरलाई खुम्चाउन मद्दत गर्छ जसको कारण योनिबाट महिनावारी हुँदा रगत निष्कासनलाई सहज बनाउने गर्छ । काँचो मेवालाई कोरेँसामा कोरेर अचार वा तरकारी बनाएर खाँदा शरीरलाई फाइदा गर्छ ।

कफी
कफीमा रहेको क्याफिनले अनियमित महिनावारी वा नियमित महिनावारी हुँदा हुने पिडालाई कम गर्न मद्दत गर्छ। यसको सेवनले शरीरमा एस्ट्रोजनको स्तरलाई नियन्त्रित गरेर यौनाङ्ग रहेको भागमा रक्त प्रवाहलाई राम्रो बनाउँछ। जसको कारण महिनावारी हुँदा नसाहरूलाई खुम्चिनबाट रोक्ने काम गर्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार