गोदावरीमा आगलागी हुँदा साढे ४ लाखको क्षती

धनगढी : कैलालीको गोदावरीमा एक घरमा आगलागी हुँदा साढे ४ लाख बढीको क्षती भएको छ । सोमबार साँझ गोदावरी नगरपालिका – १० खमौराका कर्ण बहादुर मल्लको कच्ची घरमा आगलागी हुँदा ४ लाख ६१ हजार ६६० रुपैयाँ बराबरको क्षती भएको हो ।

भुसा, पराल राखेको गोठमा आगलागी हुँदा गोठ भित्र रहेका प्लाष्टिकको खाली क्रेट, डिजलका खाली ड्रम, काठ, भुसा, पराल लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार