सुदूरपश्चिममा कृषि भू–क्षेत्र घट्दै

धनगढी : सुदूरपश्चिम प्रदेशमा कृषि उपजले ढाकेको भू–क्षेत्र घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदले कृषि बालीले ढाकेको क्षेत्रफल ४.६८ प्रतिशतले घटेको देखाएको हो । जसमा सबैभन्दा बढी खेती हुने खाद्य तथा अन्य बालीको क्षेत्रफल नै ५.७५ प्रतिशतले घटेको छ । कृषि उपज अन्तरगत तरकारी, बागवानी फलफूल तथा मसलाको क्षेत्रफल भने बढेको छ ।

कृषिमा तरकारी, बागवानी फलफूल तथा मसलाको क्षेत्रफल कम भएकाले समग्रमा कृषि भू–क्षेत्र घटेको देखिएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्मको अवधिमा सो सर्वेक्षण गरेको थियो । जुन आइतबार सार्वजनिक गरिएको छ ।

Dengue

सुदूरपश्चिममा कृषि उपजले ढाकेको भू–क्षेत्र सोही अवधिको अघिल्लो आर्थिक वर्षमा १.१७ प्रतिशतले घटेको थियो । सुदूरपश्चिममा २ लाख ९५ हजार ९७४ हेक्टर क्षेत्रफलमा खाद्य बाली, २५ हजार १६९ हेक्टर क्षेत्रफलमा तरकारी तथा बागवानी, र १८ हजार १३१ हेक्टर क्षेत्रफलमा फलफूल तथा मसला बाली खेती गरिँदै आएको छ । जसमा सबैभन्दा बढी कृषि क्षेत्र कैलालीमा रहेको छ भने सबैभन्दा कम क्षेत्र बाजुरामा रहेको छ ।
प्रदेशमा कृषि भू–क्षेत्र घटेको भए पनि उत्पादन भने थोरै बढेको छ । प्रदेशमा समीक्षा अवधिमा ०.९२ प्रतिशतले कृषि उत्पादन बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । समग्र कृषि उत्पादनमा वृद्धि भए पनि खाद्य बालीको उत्पादन भने ०.३९ प्रतिशतले ह्रास आएको छ ।

जिल्लागत रूपमा बझाङ, डोटी, अछाम जिल्लामा खाद्यान्न उत्पादनमा वृद्धि भएको छ भने बाजुरा, दार्चुला, कैलाली, कञ्चनपुर र डडेल्धुरामा उत्पादनमा ह्रास आएको छ । प्रदेशमा १४ लाख १२ हजार ६८२ मेट्रिक टन खाद्य बाली, २ लाख ९४ हजार ३८७ मेट्रिक टन तरकारी तथा बागवानी र १ लाख ६५ हजार १८२ मेट्रिक टन फलफूल तथा मसलाको उत्पादन भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । जसमा खाद्यान्न बालीमा सबैभन्दा बढी उत्पादन कैलालीमा (४३.०९ प्रतिशत) र सबैभन्दा कम उत्पादन बाजुरामा (१.७२ प्रतिशत) रहेको छ ।

राष्ट्र बैंकले गरेको समीक्षा अवधिमा पशुपन्छी, माछा उत्पादन बढेको छ । समीक्षा अवधिमा दूध उत्पादन ८.५२, मासुजन्य उत्पादन ७.२९ प्रतिशतले बढेको छ । मासुजन्य उत्पादन अन्तरगत कुखुरा हाँसको मासु उत्पादन ८.८१, खसी बोका भेडाको उत्पादन ९.१९ प्रतिशत, सुँगुर बंगुरको मासु उत्पादन ३.७७ र भैँसी राँगोको मासु उत्पादन ५.१४ प्रतिशतले बढेको छ ।

सो अवधिमा अण्डा उत्पादन ४.१४, ऊन उत्पादन ७७.६८, छाला उत्पादन २.४० प्रतिशतले बढेको छ । जिल्लागत रूपमा सबैभन्दा बढी दूध उत्पादन कैलालीमा (५७.७३ प्रतिशत) रहेको छ भने सबैभन्दा कम बझाङमा (१.४७ प्रतिशत) रहेको छ । यस्तै मासु उत्पादन कैलालीमा सबैभन्दा बढी (५४.९८ प्रतिशत) र डडेल्धुरामा सबैभन्दा कम (२.११ प्रतिशत) रहेको छ । अण्डा उत्पादनमा पनि कैलालीको हिस्सा सबैभन्दा बढी (६४.४१ प्रतिशत) र डडेल्धुराको हिस्सा सबैभन्दा कम (०.३७ प्रतिशत) रहेको छ ।

कृषि कर्जा वृद्धि

राष्ट्र बैंकको प्रतिवेदनमा समीक्षा अवधिमा कृषि कर्जा ८.०७ प्रतिशतले वृद्धि भएको उल्लेख छ । कृषि कर्जा १५ अर्ब ४० करोड २४ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तो कर्जा सबैभन्दा बढी पशुपालन, पशु वधशालामा २०.३१ प्रतिशत प्रवाह भएको छ । जसमध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०.९५ प्रतिशत रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार