भीमदत्त नगरपालिकाको गाडीमा तोडफोड

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकाको गाडीमा तोडफोड भएको छ।

आज (सोमवार) महेन्द्रनगर क्षेत्रमा रहेका खोकाछाप्रा उद्दार समितिमा आबद्ध मजदुरले नगरपालिकाको गाडीमा तोडफोड गरेका हुन।

Seti Hospital

भीमदत्त नगरपालिकाको टोली घर तथा टहरा हटाउन स्काभेटर लगेर गएको थियो। खोकाछाप्रा उद्दार समितिमा बस्दै आएका मजदुरले स्थानीय सरकार दमनमा उत्रिएको भन्दै स्काभेटर फकाई दिएका थिए।

खाली गरेका घर तथा टहरा हटाउन अवरोध नगर्न अनुरोध गर्न गएका भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष शुशिल भट्ट र आफुमाथि खनिएका उनीहरुले गाडीमासमेत तोडफोड गरेको भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले बताए। भिडले प्रवक्ता अवस्थी र भट्ट चढेर गएको बा २ झ ३८८९ नम्बरको जिपमा तोडफोड गर्दा क्षति पुगेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार