प्रचण्डसँग चार घण्टा बिताएर बालुवाटारबाट बाहिरिए ओली

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टा भन्दा बढी समय बिताएर बाहिर निस्किएका छन् ।

Dengue

प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पछिल्लो विकिसित राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको बुझिएको छ ।

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चा पछि सत्ता समीकरणमा हलचल पैदा भएको देखिएको छ ।

आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार