सुदूरपश्चिमका वरिष्ठ पत्रकार भट्टको निधन

धनगढी : नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ ।

महेन्द्रनगर कञ्चनपुर निवासी भट्टको सोमबार निधन भएको हो । सुदूरपश्चिमको पत्रकारिताको विकासमा कर्णदेव भट्टको योगदान अविस्मरणीय रहेको छ। 

उनी सुप प्रदेशकै जेठो पत्रिका “फारवेष्ट टाईम्स” का प्रकाशक तथा सम्पादक थिए। भट्टको नेतृत्वमा फारवेष्ट टाईम्सले क्षेत्रीय पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेको थियो।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्षको रूपमा भट्टले देशभरका पत्रकारहरूको हक हितको लागि उल्लेखनीय काम गरेका थिए। 

उनले आफ्नो जीवन पत्रकारिता तथा समाजसेवामा समर्पित गरेका थिए। उनको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार