कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या

काठमाडौँ : रौतहटको दुर्गा भगवती गाउँपालिकाका विभिन्न स्थानमा वर्षाको पानी जमेपछि पठन पाठनमा समस्या भएको छ । वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभूत विद्यालयको चौर र कक्षा कोठामा नै वर्षाको पानी जमेपछि हो । 

आइतबार साँझको वर्षाको पानी विद्यालय परिसरमा जमेको कारण विद्यार्थीहरूलाई असहज भएको नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सञ्जय सहनीले बताए । 

Dengue

उनले सामाजिक सञ्जाल फेसबुकमा पूर्वप्रधानमन्त्री एवं वर्तमान सांसद माधव नेपालको निर्वाचन क्षेत्रमा पर्ने यस विद्यालयको समस्याले दुखित बनाएको भन्दै सांसद, प्रदेश सांसद र गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । 

वर्षाको पानी जमेका कारण सो विद्यालयका विद्यार्थीहरू पानीमा डुबेर गरेको प्राथनाले र कक्षा कोठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेको देख्दा आफ्नो आँखाबाट आँसु समेत झरेको सहनीको भनाई रहेको छ । 

पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष नेपालको निर्वाचन क्षेत्रमा यस्तो अवस्था देख्दा अचम्मित भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आलोचना समेत भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार