विश्वकप विजेता भारतीय टिमलाई बीसीसीआईको १२५ करोड पुरस्कार

एजेन्सी : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १ सय २५ करोड पुरस्कार दिने घोषणा गरेको छ । 

बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेका हुन् ।

Dengue

आइसीसी पुरुष टी–२० विश्व कप २०२४ जित्ने टीम इन्डियाको लागि १२५ करोडको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । टोलीले प्रतियोगिता अवधिभर असाधारण प्रतिभा, दृढता र खेलकुद प्रदर्शन गरेको छ । यस उत्कृष्ट उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई,’ उनले लेखेका छन् । 

टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो । उसले दोस्रोपटक टी–२० विश्वकपको उपाधि जितेको हो । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार