नातिनीलाई बलात्कार गर्ने शिक्षक संग बाजेको डिल, चेक नसाटिएपछी बलात्कारको मुद्दा 

बैतडी : बैतडीमा शिक्षकले नाबालिकामाथि जबरजस्तीकरणी गरेको घटनामा पीडितका परिवारले १५ लाखमा मिलापत्र गराएको तर पैँसा नपाएपछि प्रहरीमा किटानी जाहेरी दिएको घटना सार्वजनिक भएको छ ।

पाटन नगरपालिकाको एक विद्यालयकी १३ वर्षीया नाबालिकामाथि सोही विद्यालयका शिक्षक २८ वर्षीय शिक्षक लक्ष्मीकान्त पनेरु (लक्की) ले गत १२ चैतको राति आफ्नै कोठामा बोलाएर जबरजस्ती गरेको घर परिवारले थाहा पाएका थिए । त्यसपछि शिक्षक नाबालिकाका परिवारलाई १५ लाख दिन तयार भएपछि कहीकतै उजुरी नगर्ने सहमती भएको खुलेको छ ।

Dengue

शिक्षक र नाबालिकाका परिवारबीच उमेर २० वर्ष पुगेपछि विावह गर्ने, त्यो बेलासम्म पालन पोषण गर्ने र तत्काल घरपरिवारलाई १५ लाख रुपैयाँ दिने सहमती भएको थियो । उक्त रकम बराबरको चेक काटेर पनेरुले नाबालिकाका बाजेलाई दिएका थिए तर उनले खातामा रकम जम्मा गर्न सकेनन् ।

पैँसा प्राप्त नभएपछि महिला अधिकारकर्मीको सहयोगमा नाबालिकालाई सुरक्षित आवास गृह पाटनमा लगिएको थियो । त्यसपछि शिक्षकविरुद्ध मुद्धा दर्ता भएपछि उनी फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले शिक्षक पनेरु विरुद्ध किटानी दर्ता भएको बताउँदै उनको खोजी भइरहेको जानकारी दिए । घटना भएको केही समय ढिलोगरि उजुरी आएका कारण केही समस्या भएपनि कानुनी कारवाहीको दायरामा ल्याइने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार