भाटभटेनी सुपर मार्केटले थप दुई हजार युवालाई रोजगारी दिने, तलब हप्तामै

काठमाडौं : भाटभटेनी सुपर मार्केटले थप दुई हजार युवाहरूलाई रोजगारी दिने भएको छ।  देशमै युवाहरूलाई रोजगारी दिने उद्देश्यले  भाटभटेनी सुपर मार्केटले  थप दुई हजार युवाहरूलाई रोजगारी दिने निर्णय गरेको हो। हाल भाटभटेनीमा ६ हजार बढी युवायुवतीहरू राजगारी गरिरहेका छन्।

यो अवसरसँगै युवाहरूले काठमाडौंसहित देशभर रहेका भाटभटेनी सुपर मार्केटका शाखाहरूमा काम गर्ने मौका पाउनेछन्।  हाल भाटभटेनी सुपरमा काम गर्नेहरूले ८ घण्टा काम गरेर महिनामा तलब बुझ्दै आएका छन् ।
 तर, नयाँ योजनाअनुसार  रोजगारदाताहरूले हरेक हप्ताको अन्त्यमा नै सो हप्ताको पारश्रमिक पाउनेछन्। 

Seti Hospital

रोजगारी २१ वर्षभन्दा कम उमेर पुगेका वा कुनै कलेजमा अध्ययन गरिहेका युवायुवतीहरूले मात्र पाउनेछन्।  उनीहरूले दिनमा ४ घण्टा र हप्तामा पाँच दिन काम गर्नु पर्नेछ। युवाहरू देशमा रोजगारी नपाएर विदेश पलायन हुन थालेपछि उनीहरूलाई रोक्न यस्तो योजना ल्याएको भाटभटेनी सुपर मार्केट व्यवस्थापन जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

40%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार