सभापति देउवाले गरे माधव नेपालको प्रशंसा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीति प्रणाली रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालको भूमिका नेपाली राजनीतिको रक्षाका लागि महत्वपूर्ण रहेको बताएका हुन् ।

Dengue

‘यो पार्टीले अहिलेको राजनीतिको रक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ सभापति देउवाले भने, ‘माधवजीले नेपालको राजनीति रक्षाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’

उनले एकीकृत समाजवादीको महाधिवेशन सफलताको कामनासमेत गरे । ‘म यहाँहरूको महाधिवेशन सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु,’ सभापति देउवाले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार