महाकाली नदीमा बगेर मजदुर बेपत्ता

धनगढी : कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन् ।

Dengue

बेपत्ता गुरुङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ । उनी कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न महाकाली गएका थिए । वर्षाका कारण महाकाली नदीमा पानी बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार