घरको छतमा ट्याक्टर खस्दा २ बालिका घाइते

धनगढी : बैतडीमा घरको छतमा ट्याक्टर खस्दा २ बालिका घाइते भएका छन् ।​

मेलौली नगरपालिका–३  तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

Dengue

घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णिमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

ढुङ्गा बोक्दै गरेको ट्याक्टर एक्कासि सडकबाट १ सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ । ट्याक्टर छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । 

प्रहरीले ट्याक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको । दुर्घटनामा उनी सामान्य घाइते भएका छन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार