१३ वर्षीया छात्रामाथि बलात्कार आरोपमा शिक्षक पक्राउ

काठमाडौँ : खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक पक्राउ परेका हुन्।

Dengue

उनलाई खोटाङ जिल्ला प्रहरी कार्यालयको टोलीले सनिवार साँझ पक्राउ परेको हो।

प्रहरीले विद्यालयमा एउटा विद्यार्थी पीडित छ भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनालाई पछ्याउँदै अनुसन्धान गर्ने क्रममा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक हरी बरालले जानकारी दिए।

‘फागुनदेखि बालिकामाथि यौन शोषण हुँदै आएको अनुसन्धानमा खुलेको छ,’ उनले भने, ‘महिला सेलका प्रहरीले बालिकाको बयान लिने काम गरिरहेको छ।’

बालिकासँग सोधपुछ गरेसँग कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ। साथसाथै जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार