कैलालीका ५ स्थानबाट भन्सार छलिको सामान बरामद

धनगढी : कैलालीका ५ स्थानबाट भन्सार छलिका सामान बरामद गरिएको छ । प्रहरीले शनिबार धनगढी उपमहानगरपालिका – ३ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका –४ बसपार्क धनगढी उपमहानगरपालिका – १५ स्थित हुलाकी सडक खण्ड, टीकापुर नगरपालिका – ७ सोनफाटा र भजनी नगरपालिका –५ गुलरीया घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ७२ हजार ६२५ मुल्य बराबरका सामान बरामद गरेको हो ।

जसमा प्याज, चिनी, सुर्ती, कालो नुन, मल, खाने तेल, पेय पदार्थ, उलन सुट, सुटपिस, कुर्ता सुरवाल लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dengue

यस्तै प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका – ९ जमुनाडी, भीमदत्त नगरपालिका – १०बिद्युत कार्यालय नजिक र बेलौरी नगरपालिका –१० पिएमघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरेको छ । जसमा ७० हजार ९९० रुपैयाँ बराबरको चिनी, पेय पदार्थ, बिडी, सुर्ती, स्याम्पु, ब्याट्री, चप्पल, खाने तेल, नरिवल, दोपट्टा, सुटपिस, थान कपडा, लगायतका सामानहरु रहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार