कैलालीमा प्रहरी चौकी इन्चार्ज प्रहरी नियन्त्रणमा

धनगढी : प्रहरी चौकी सत्तीका ईन्चार्जले जथाभावि होल्ला गरेर नागरिकलाई धम्काउन थालेपछि प्रहरीको नियन्त्रणमा परेका छन् ।

टीकापुर नगरपालिका वडा नम्बर ९ खैरिपुर स्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा तथानाम गाली गलौज गरिरहेका प्रहरी चौकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक असोक खड्कालाई शनिबार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो ।

Dengue

जनगुनासो आएपछि नियन्त्रणमा लिएर मापसे चेक गर्न पठाएको ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीका ईन्चार्ज डिएसपी विश्वराज अधिकारीले बताएका छन् ।

उनले मदिरा सेवान गरी अनाहकमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार