आँप फ्रिजमा राख्न हुन्छ कि हुँदैन ?

काठमाडौँ : यतिबेला बजारमा जताततै आँप छ । कसैलाई आँप काटेर खान मन पर्छ ।

कोही यसलाई लस्सी, म्याङ्गो शेक आदि बनाएर खान्छन् । चाहे केटाकेटी हुन् वा वृद्धवृद्धाले सबैले आँप रुचिका साथ खान्छन् । कयौँ गुणले भरिपूर्ण फलफूलको राजा हो आँप । एकै पटक धेरै आँप किनेर राख्दा बिग्रिएर कयौँ त फ्याक्नु पर्ने पनि हुन सक्छ ।

Dengue

फ्रिजमा नराख्नुस्
केही मानिसहरू बजारबाट आँप किनेर घर ल्याउने बित्तिकै फ्रिजमा राख्छन् । तर फ्रिजको चिसोका कारण आँप राम्रोसँग पाक्दैन अनि फ्लेभर पनि घट्छ । आँपलाई फ्रिजमा राख्दा यसका कयौँ पोषक तत्त्व घट्न थाल्ने अनि यसको स्वादमा पनि परिवर्तन आउने विज्ञहरू बताउँछन् ।

यसरी राख्नुस् आँपलाई
बजारबाट आँप किन्दा पूरै पाकेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुस् । केही पाकेको अनि केही काँचो आँप ल्याउनुस् । हरेक दिन पाके पाकेको आँप छानेर खाँदा एकै चोटी सबै आँप पाकेर बिग्रने सम्भावना कम हुन्छ । आँपलाई दिनहुँ चेक गर्दै सड्न वा गल्न थालेको आँपलाई झिकेर राखिदिनुस् ।

आँपलाई खैरो पेपरमा बेरेर टोकरीमा राख्नुस् । तर यो भन्दा अगाडि आँपलाई धुनुस् ताकि यसमा कुनै केमिकल छन् भने पखालियोस् । यी आँपलाई काठको टोकरीमा राख्नुस् । सही तापक्रम पाएर यो प्राकृतिक रूपमा पाक्न थाल्छ र स्वाद पनि मिठो हुन्छ ।

आँपलाई घाम वा धेरै गर्मी भएको ठाउँमा राख्नु हुन्न । बरु खाटको मुनि वा अँध्यारो ठाउँमा राख्नुस् ।

बिहान सबेरै आँपको थुप्रोबाट पाकेका आँप छानेर दुई घण्टासम्म फ्रिजमा राखिदिनुस् । खानुअघि यी आँपलाई ४ देखि ५ घण्टासम्म पानीमा भिजाएर राख्नुस् । यसले आँप चिसो रहन्छ र स्वास्थ्यलाई पनि हानि गर्दैन ।

एकै पटकमा धेरै आँप पाकेका छन् भने यी आँपलाई ४ देखि ५ दिनसम्म फ्रिजमा राख्न सकिन्छ । यसले आँप थप पाक्ने वा गल्ने प्रक्रिया रोकिनेछ र बिग्रने छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार