निद्रामै लग्यो दुर्गा र ३ वर्षीया छोरीको घरभित्रै पहिरोले ज्यान

स्याङ्जा : दिनभरीको कामको थकानपछिको विश्राम र अर्को उज्यालो बिहानको कल्पना गर्दै ३ वर्षीया छोरी च्यापेर सुतेकी स्याङ्जा फेदिखोलाकी दुर्गाले अर्को बिहान देख्न पाइनन् ।

अविरल वर्षपछि घरमै आएको पहिरोले छोरीसहित दुर्गाले ज्यान गुमाएकी छिन् ।

Dengue

शुक्रबारसाँझदेखि परेको वर्षाका कारण दुर्गाको घरमाथिबाट आएको पहिरोले दुर्गासहित छोरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेदिखोला-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो ।

सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ ।

ढुङगा माटो र टिनले छाएको १ तले घरमा सुतिरहेको जिटी परिवारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

जिटीको घर नजिकै रहेको गोठमा रहेको एक वटा भैसीको समेत मरेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार