बाजुराकाे कोटीगाउँमा पहिरोमा परी ७० बाख्रा मरे !

बाजुरा : बाजुराको पुर्विउत्तरी भेगमा रहेको हिमाली गाउँपालिका वडा नम्बर २ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ शुक्रबार राति आएको अविरल वर्षाका कारण पहिरो खस्दा च्यापिएर ७० बाख्रा मरेका छन् ।

गएराति आएको अबिरल बर्षाले एक्कसी बाख्रा राखेको खोर माथिबाट आएको पहिरोले स्थानीय गोरख राज बोहराका ४० वटा, जर्म बोहराका १० वटा ,र जीवन बोहराका २० वटा गरी जम्मा ७० बाख्रा मरेका छन् ।

Seti Hospital

भने १० वटा बाख्रा सकुशल रहेकोे स्थानीय वीर बहादुर बोहराले बताए । बिहान खाना खाएर बाख्रा वन चराउन जाने बेला बाख्रा मरेको अबस्थामा भटिए । सम्पतिका नाममा दुइचार दर्जन बाख्रा थिए तिपनि एक रातको पहिरोमा परेर मरे । बारीमा उब्जनी छैन अन्य आयश्रोत केही छैन कसरी परिवार पाल्ने स्थानीय गोरखराज बोहराले बताए ।

मरेका बाख्राको मुचुल्काको लागि कवाडी प्रहरी चौकीलाई अनुरोध गरेको स्थानीयले बताएका छन्। उक्त ठाउँ कुवाडी प्रहरी चौकीबाट करिब २५ किलोमिटर पैदल दुरिमा रहेको छ । घटानाको विस्तृत अध्ययन गर्न कुवाडी प्रहरी चौकीबाट प्रहरीको टोली सो स्थानमा गईसकेको बताईएको छ ।

भौगोलिक विकटताका कारण सञ्चार र सडकको सर्वसुलभ पहुंच नभएको कोटीगाउँमा के-कति क्षेती भयो सोको विस्तृत जानकारी आउन बाँकी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार